
बिहिवार , मंसिर २५, २०७७
भैरहवा। भैरहवामा रहेको भीम अस्पतालको ओपिडि सेवा नयाँ ब्लकबाट शुरु भएको छ। भीम अस्पतालको पुरानो भवनबाट सम्पुर्ण सेवा प्रदान गर्नका लागि कोठाको अभाव भएपछि नयाँ ब्लक निर्माण गरी सेवा शुरु गरिएको अस्पतालले जनाएको छ।
नयाँ ओपिडि ब्लकबाट फिजिसियन, बालरोग, सर्जरी, जनरल र नाक कान घाँटीको सेवा प्रदान गर्दै आएको प्रशाशन अधिकृत गोबिन्द ज्ञवालीले जानकारी दिए। स्थापनाको लामो समयसम्म दक्ष जनशक्ति (डाक्टर) र भवनको अभावमा नागरिकले सबै खाले स्वास्थ्य सेवा पाउन सकेका थिएनन्।
भीम अस्पताललाई लुम्बिनी प्रदेश सरकारले आफ्नो मातहतमा ल्याएपछि अस्पतालको बिकासमा क्रमिक सुधार आएकोछ।
प्रदेशको सामाजिक बिकास मन्त्रालयले भीम अस्पतालको स्तरबृद्धिका लागि ६ जना बिशेषज्ञ डाक्टर समेत पठाएको छ। डाक्टर पठाएपछि अहिले प्राय सबै स्वाथ्य सेवा प्रदान गर्न लागिएको अस्पतालका सुचना अधिकारी डा. नारायण पोखरेलले जानकारी दिए।
प्रदेश सरकारले फिजिसियन, नाक कान धाँटी, अर्थोपेडिक्स, सर्जरी, बाल रोग, आँखा र एनएस थोसिएनोलोजिष्टका बिशेषज्ञ डाक्टर पठाएको थियो।
अस्पतालले महिला तथा प्रसुति र हाडजोर्नीको बिशेषज्ञ सेवा पुरानै भवनबाट प्रदान गर्दै आएकोछ। अस्पतालमा अहिले ल्याव, फार्मेस, ईमरजेन्सी, लगाएतका सेवा नियमित रुपमा प्रदान गर्दै आएको छ। भीम अस्पतालले कोभिड अस्पतालको रुपमा पनि सेवा प्रदान गर्दै आएको छ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij