२०८२, पौष २८ गते

Jan 12 2026 | २०८२, पौष २८ गते

मदन भण्डारी स्पोटर्स एकेडेमी सिद्धार्थनगरको अध्यक्षमा शरण गुरुङ

सोमवार , आश्विन ३१, २०७९

  • 2.7K
    Shares
  • 2.7K
    Shares
  • भैरहवा, ३१ असोज ।

    मदन भण्डारी स्पोटर्स एकेडेमी सिद्धार्थनगर नगर कमिटी, रूपन्देहीको कमिटी पुर्नगठन कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । कार्यक्रमले शरण गुरूङको अध्यक्षतामा १९ सदस्यीय कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा कपिलदेव चोधरी, मनिष श्रेष्ठ, सचिवमा सचिन जोशी, सह–सचिवमा प्रवेश पौडेल, कोषाध्यक्षमा लबिका शर्मा र सह–कोषाध्यक्षमा नोबेल आचार्य रहेका छन् । त्यस्तैसदस्यहरूमा अमृत गुप्ता, मनन निसाद, सौरभ आचार्य, सद्दाम खान, निकिता भुजेल लगायत रहेका छन् ।

    kkk.jpg
    शरण गुरूङ

    कार्यक्रममा मदन भण्डारी स्पोटर्स एकेडेमीका केन्द्रीय अध्यक्ष धुर्व आचार्यले खेलाडी राष्ट्र पहिचानको आधार भएकोले राष्ट्रको नाममा खेल्ने र राष्ट्रको नाम उचो राख्ने खेलाडीलाई अब सम्मान गरेर मात्रै नपुग्ने बताए । उनले खेलाडीको परिवारलाई समेत संरक्षण तथा सम्मान गर्नुपर्नेमा जोड दिए ।

    एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले राज्यले खेलको विकासका लागि पूर्वाधार, अभ्यास र व्यवसायिक खेलका लागि अवसर दिनुपर्ने बताए ।

    एकेडेमीका क्षेत्रीय इञ्चार्ज मिलन दर्लामीको अध्यक्षता, केन्द्रीय अध्यक्ष धुर्व आचार्यको प्रमुख आतिथ्यता, एकेडेमीका केन्द्रीय क्रिकेट विभाग प्रमुख शक्ति गौचन, केन्द्रीय सदस्य मदन अधिकारी, रूपन्देही जिल्ला सचिवालय सदस्य शंकर गिरी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको सञ्चालन मदन भण्डारी स्पोटर्स एकेडेमी रुपन्देहीका जिल्ला सचिव सरिता रानाले गरेकी थिइन् ।