२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

लुम्बिनीमा संकलित भेटीको गणना शुरु 

आइतवार , आश्विन ३०, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • भैरहवा, ३० असोज ।
    लुम्बिनी विकास कोषले आइतबार मायादेवी मन्दिरमा रहेको दानपेटिका खोलेको छ ।  लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरुको उपस्थितिमा दानपेटिका खोलिएको हो । 

    आर्थिक वर्ष ०७९/८० सुरु भएपछि कोषले पहिलो पटक दानपेटिका खालिएको हो । मायादेवी मन्दिरको अवलोकनमा गएका भक्तजनले चढाएको भेटीको गणना कार्य तीनसम्म चल्ने कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । उनले आफूले कोषाध्यक्ष पद समालेदेखि दानपेटिकामा संकलित दान पारदर्शी बनाउने गरी गणनाको व्यवस्था मिलाइएको छ । 

    राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दंगा प्रहरी बल, सशस्त्र प्रहरी, र लुम्बिनी साँस्कृतिक नगरपालिका प्रतिनिधिहरुको उपस्थितिमा दानपेटिका खोलिएको हो । भेटी गणनास्थलमा सीसीटिभि क्यामेरा जडान गरिएको छ । २४ जना गणकहरुको उपस्थितिमा भेटी गणना गरिएको लेखा शाखाका विकास लामाले बताए ।  

    यसअघि गत असार १९ गते दानपेटिका खोलिएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको स्रोतका रुपमा दानलाई लिने गरिएको छ । आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन् ।