२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

ठूलाखर्क सेवा समाजको प्रथम साधारणसभा

आइतवार , आश्विन ३०, २०७९

बुटवल, ३० असोज ।
ठूलाखर्क सेवा समाज रुपन्देहीको प्रथम वार्षिक साधारणसभा बुटवलमा सम्पन्न भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर १ अन्तर्गत ठूलाखर्क स्थायी घर भई रुपन्देही, नवलपरासी र कपिलवस्तुमा बसोबास गरिरहेकाहरुले गठन गरेको ठूलाखर्क सेवा समाजको साधारणसभा गरिएको हो ।

समाजका अध्यक्ष टामलाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न साधारणसभाको उदघाटन समाजका संरक्षक काशीनाथ ज्ञवालीले गरेका थिए । साधारणसभाले अध्यक्ष टामलाल ज्ञवालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष लक्ष्मण ज्ञवालीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

कार्यक्रममा सचिव किशोर ज्ञवाली, सहसचिव शोभा ज्ञवाली, मोहन ज्ञवाली, धर्मराज ज्ञवाली, मुकुन्द ज्ञवाली, गौतम ज्ञवाली, हरि ज्ञवाली लगायतले मन्तव्य व्यक्त गरेका थिए ।  

साधारणसभाले आगामी तीन वर्षको लागि पुरानै कार्यसमितिलाई निरन्तरता दिने गरी अनुमोदन गरेको अध्यक्ष टामलाल ज्ञवालीले जानकारी दिए । विभिन्न पेशा व्यवसाय गरी बसोवास गर्दै आएका बासिन्दाले समाज गठन गरी विभिन्न गतिविधि गर्दै आएका छन् ।