
शनिवार , आश्विन २९, २०७९
बुटवल, २९ असोज ।
रोटरी क्लब अफ बुटवलको १४ सय ३६ औं नियमित एवं क्लबको वर्ष २०२२÷२३ को १६ औं नियमित बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ । क्लबका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा बसेको बैठकको एजेण्डा गेष्ट स्पिकर रहेको थियो । शनिबारको बैठकमा गेष्ट स्पिकरको रुपमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) का लुम्बिनी र गण्डकी प्रदेश प्रमुख सुदिप अर्याल सहभागी थिए ।
त्यस अवसरमा बोल्दै उनले यूएनडीपीले नेपालमा सञ्चालन गर्दै आएका कार्यक्रमबारे जानकारी गराउँदै शान्ति स्थापना, मानवअधिकार, हिंसा न्युनीकरण जस्ता सामाजिक र राष्ट्रिय हितका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।
त्यसै गरी पछिल्लो समय युवाहरुमा असन्तुष्टी बढ्दै गएको र यसले समग्र क्षेत्रमा असर पर्न सक्ने भन्दै उनले युवाहरुलाई उद्यमशील बनाउने गरी पनि कार्यक्रमहरु अगाडि सारिएको बताए । कोभिडको समयमा पनि यस क्षेत्रमा यूएनडीपीले क्वारेन्टाईन, आइसोलेसन सेन्टरहरुको अवलोकन गरेको र कोरोना परीक्षणका लागि पीसीआर मेसिन समेत उपलव्ध गराएको जानकारी दिए ।
बैठकमा रोटरीयनहरु यदुनाथ पाण्डे, मणिरत्न पाण्डे लगायतले विभिन्न विषयमा जिज्ञासा राखेका थिए । त्यस्तै क्लबका पूर्व अध्यक्ष कृष्णप्रसाद अर्याल, प्रेसिडेन्ट इलेक्ट करुण खनाल, सचिव लालहरि पाण्डे, अन्य रोटरीयनहरु छविन्द्र भट्टराई, गोविन्द खनाल लगायतले पनि बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij