२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

अब राप्रपाको विकल्प छैन : प्रदीप उदय

शुक्रवार , आश्विन २८, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • अर्घाखाँची, २८ असाेज ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीपकुमार उदयले ठूला पार्टीका नेताले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन् । अर्घाखाँची सदरमुकाम सन्धिखर्कमा पार्टीको चुनाव प्रसार सम्पर्क कार्यालयको शुक्रबार उद्घाटन गर्दै उनले बाईसे चौबिसे राज्यलाई एक बनाई सि‌गाे देश निर्माणमा अमूल्य योगदान पुर्‍याएका राजालाई शासन सत्ताबाट हटाएर देशलाई गरिबीतर्फ लगेको आराेपसमेत लगाए ।

    नेता उदयले ठूला दलहरूले देशका लागि केही गर्न नसकेकाले नेपाली जनताले दलको विकल्प खोज्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई रोज्ने दाबी गरे । 

    प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार होमनारायण बेल्बासेले तीन/तीनपटक अर्घाखाँचीबाट ठूला दलका नेता संसदमा पुगेर पनि जिल्लाको विकासमा सिन्को भाँच्न नसकेकाले अब राष्ट्रिय प्रजातन्त्र पार्टीको विकल्प नरहेको बताए । न्युज कारखाना