२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा रक्तदान

शुक्रवार , आश्विन २८, २०७९

भैरहवा, २८ असोज ।
उद्योग व्यापार संगठन, रुपन्देहीले शुक्रबार भैरहवामा खुल्ला रक्तदान कार्यक्रम गरेको छ । १५ औं वार्षिक साधारणसभाको पूर्व संध्यामा कार्यक्रम गरिएको संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । संगठनले उद्योगी व्यवसायको हकहितसँगै सामाजिक कार्य पनि गर्दै आएको ज्ञवालीले बताए ।

सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको भवन परिसरमा भएको कार्यक्रममा १८ जनाले रक्तदान गर्नुभएको कार्यक्रम संयोजक प्रकाश प्रसाद श्रेष्ठले बताए ।

कार्यक्रममा उद्योग व्यापार संगठन, रुपन्देहीका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले रगतको अभावमा कसैको ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्नु पुनित कार्य भएको बताए । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीका अध्यक्ष पिताम्बर न्यौपानेले रक्तदान कार्यक्रमबाट संकलित रगत बिरामीको उपचारमा काम लाग्ने भएकाले यस्ता कार्यक्रम आगामी दिनमा पनि गर्नपर्ने बताए ।

उद्योग व्यापार संगठनका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक प्रकाश प्रसाद श्रेष्ठको स्वागत तथा संगठनका महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_3689.JPG

संगठनको १५ औं  वार्षिक साधारणसभा भोलि (शनिबार) भैरहवामा हुने कोषाध्यक्ष राम मिलन यादवले जानकारी दिए ।