२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

लुम्बिनीबाट ओलम्पिक टर्च र्‍याली शुरु

बिहिवार , आश्विन २७, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २७ असोज ।
    नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरुले लुुम्बिनीबाट ओलम्पिक टर्च  लिएर बिहीबार पोखरातर्फ प्रस्थान गरेका छन् । लुुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले ओलम्पिक टर्च र्‍यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गरेका हुन । मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोलीले  शान्तिदीपबाट दीगो (टर्च) लिएर शुक्रबार पोखरा पुुग्नेछ ।

    खेलाडीहरुले विहिबार विहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी पोखरातर्फ गएका छन् । लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरुलाई स्वागत गरिएको थियो । 

    उक्त अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुुराजा शाक्यले खेलाडीहरुलाई सफलताको शुभकामना दिए । नेपाल खोखो संघका महासचिव समेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूमिबाट लिएर जाने शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरुमा उत्साह थपिने बताए । 

    ओलम्पियक टर्च  र्‍यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्ति दीपबाट लगिएको दीगो पोखराका ओलम्पियनहरुमाझ

    पुर्याएरउर्जा थप्ने विश्वास लिए ।

    खेलाडीहरुलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरुले खादा लगाएर स्वागतसहित सफलताको शुभकामना दिएका थिए ।  नवौं वृहत राष्ट्रिय खेलकुद अन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरु भइरहेका छन् ।