२०८२, भाद्र २९ गते

Sep 14 2025 | २०८२, भाद्र २९ गते

रुपन्देही–१ का स्वतन्त्र उम्मेदवार लिलामणी न्यौपानेले पाए पुतली चुनाव चिन्ह

बिहिवार , आश्विन २७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २७ असोज ।
    रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका लिलामणी न्यौपाने (एम.डी.)ले पुतली चुनाव चिन्ह पाएका छन् । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । त्यस क्रममा न्यौपानेलाई पुतली चिन्ह दिएको हो । उनी लियो जिल्ला परिषद ३२५ पी नेपालका जिल्ला परिषद अध्यक्ष समेत हुन् ।

    न्यौपानेले लुम्बिनीको सर्वांगिण विकास, स्वरोजगारी सुनिश्तिता, भ्रष्टाचारमुक्त सरकार निर्माण, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यका लागि आफ्नो उम्मेदवारी रहेको बताए । उनले आफूलाई मतदान गरी विजयी बनाउन रुपन्देही क्षेत्र नम्बर १ का सम्पूर्ण मतदाता समक्ष आग्रह गरेका छन् ।

    यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)बाट पार्टीका केन्द्रीय सचिव तथा पूर्वमन्त्री छविलाल विश्वकर्मा, सत्तारुढ गठबन्धनको समर्थनमा एमाले परित्याग गरेका स्वतन्त्र उम्मेदवार घनश्याम भुसाल, मात्रिका प्रसाद यादव लगायत उम्मेदवार रहेका छन् ।