२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

रुपन्देही–१ (ख) का स्वतन्त्र उम्मेदवार असलम खानले पाए स्कुटर चुनाव चिन्ह

बुधवार , आश्विन २६, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २६ असोज ।
    रुपन्देही क्षेत्र नम्बर १ (ख) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका जनता समाजवादी पार्टी, नेपाल (जसपा) का युवा नेता असलम खानले स्कुटर चुनाव चिन्ह पाएका छन् ।

    निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । त्यस क्रममा खानलाई स्कुटर चिन्ह दिएको हो । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जसपाको तालमेलमा रुपन्देही–३ (क) एमालेको भागमा परेपछि जसपा निकट समाजवादी युवा संघ, नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका खानले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

    युवा नेता खानले जनताको पक्षमा निरन्तर लागेकाले आफूले जित्नेमा विश्वस्त रहेको दावी गरे ।

    यो क्षेत्रबाट एमालेका पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व प्रदेशसभा सदस्य दधिराम न्यौपाने तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री अब्दुल रज्जाक, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले उम्मेदवारी दर्ता गराएका छन् ।