२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बिहीबार भैरहवामा हुने मोटरसाइकल र्‍यालीमा सहभागि हुन राप्रपा रुपन्देहीको आह्वान

बुधवार , मंसिर २४, २०७७

भैरहवा, २४ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति रुपन्देहीले बिहीबार रुपन्देहीको भैरहवामा हुने मोटरसाइकल र्‍यालीमा सहभागि हुन राप्रपाका नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेको छ । 

सिद्धार्थनगर/रुपन्देही जिल्लामा देशभक्त नागरिक समाजले राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र स्थापनाको मागसहित गर्न लागिरहेको र्‍यालीप्रति ऐक्यवद्धता  जनाउँदै राप्रपा रुपन्देहीले उक्त आह्वान गरेको हो । त्यस्तै नगर तथा जिल्लामा हुने यस प्रकारका कार्यक्रमहरुमा समेत सहभागि हुन समस्त नेता कार्यकर्ता तथा आम नागरिकहरुलाई पार्टीले आह्वान गरेको छ ।

राप्रपाले स्थापनाकालदेखि नै उठाउँदै आएको राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र स्थापनाको मुद्दालाई वर्तमान समयमा मुलुकको आवश्यकता हो भन्ने पुष्टि हुँदै गएको  राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाले बताए ।130305933_3515791108541533_6354382234913247086_o.jpg