images

मंगलवार, बैशाख ४ गते २०८१

चीनमा कोभिड संक्रमण बढेपछि परीक्षणमा तीब्रता, विद्यालय र मनोरन्जन स्थल बन्द

चीनमा कोभिड संक्रमण बढेपछि परीक्षणमा तीब्रता, विद्यालय र मनोरन्जन स्थल बन्द

images
images
images
बुधवार, आश्विन २६ २०७९
बुधवार, आश्विन २६ २०७९
  • चीनमा कोभिड संक्रमण बढेपछि परीक्षणमा तीब्रता, विद्यालय र मनोरन्जन स्थल बन्द

    बेइजिङ, २६ असोज । कोभिड संक्रमणका घटनामा वृद्धि भएसँगै सेन्झेन र सांघाईलगायतका ठूला सहरहरूमा परीक्षण तीब्र पारिएको छ । ती सहरका केही क्षेत्रमा विद्यालय, मनोरन्जन स्थल, पर्यटकीय केन्द्रहरू बन्द भएका छन् ।

    images
    images
    images

    यस महिनाको सुरुमा राष्ट्रिय दिवस ‘गोल्डेन विक’को समयमा बढेको घरेलु यात्रापछि बढेको वृद्धिसँगै संक्रमण अगस्टदेखि सबैभन्दा उच्च विन्दुमा पुगेको छ । अधिकारीहरूले अक्टोबर १० मा २,०८९ नयाँ स्थानीय संक्रमण रिपोर्ट गरेका छन्, जुन अगस्ट २० यताकै सबैभन्दा धेरै हो ।

    भित्री मंगोलियाको उत्तरी क्षेत्रका रमणीय स्थलहरू सहित पर्यटक गन्तव्यहरूमा संक्रमणका केही घटना देखिएका छन् । त्यस्तै पहाडका मुख्य आकर्षक पर्यटकीय क्षेत्रमा पनि संक्रमण बढेका छन् । चीनको वित्तीय राजधानी सांघाईमा सोमबार २८ जनामा स्थानीय संक्रमण देखिएको थियो । बाहिरबाट ती सहरमा जाने यात्रु र होटल जस्ता स्थानमा जाँचमा कडाइ गरिएको अधिकारीहरूले बताएका छन् ।

    चीनले कोभिडविरुद्ध शून्य नीति लागू गर्ने बताउँदै आएको छ ।

    अक्टोबर १६ मा सुरु हुने कम्युनिष्ट पार्टीको महाधिवेशनभन्दा केही दिन अगाडि कोभिड रोकथामसम्बन्धी उपायलाई सशक्त बनाइएको छ । महाअधिवेशनमा राष्ट्रपति सी जिनपिङले आफ्नो नेतृत्व विस्तार गर्ने अपेक्षा गरिएको छ । एजेन्सी

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij