२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

अनुमति नलिई ड्रोन उडाउनेलाई गृहले कारवाही गर्ने 

बुधवार , आश्विन २६, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • काठमाडौं, २६ असोज ।

    सम्बन्धित निकायबाट अनुमति नलिई मानवरहित हवाई उपकरण (ड्रोन) उडाउने व्यक्तिलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ ।  केही व्यक्ति तथा निकायले ‘मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५’ विपरित अनुमति नलिई ड्रोन उडाएको सुचना प्राप्त भएपछि गृहले एक विज्ञप्ति जारी गर्दैै कारवाही गर्ने बताएको हो । 

    ‘कार्यविधि पालना नगरी ड्रोन उडान गरेमा कानून बमोजिम कारवाही हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ गृह मन्त्रालयले भनेको छ । अतिआवश्यक प्रयोजनाको लागि ड्रोनको प्रयोग गर्नु परेमा दुई केजी तौल सम्मको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र उडाउन सकिने गृहले जनाएको छ । दुई केजी तौलभन्दा बढीको ड्रोन उडाउन परेमा गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । न्युज कारखाना