२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रुपन्देही–२ मा राजु गुरुङसहित तीनजनाको उम्मेदवारी खारेज

बुधवार , आश्विन २६, २०७९

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • रूपन्देही, २६ असोज ।

    रुपन्देही क्षेत्र नम्बर २ २ मा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङ र हाम्रो नेपाली पार्टीका उम्मेदवार निकोलस भनिने डा. कमल भुसालको उम्मेदवारी खारेज भएको छ ।

    उम्मेदवार हुन अयोग्य देखिएको भन्दै मंगलबार निर्वाचन अधिकृतको कार्यालयले उनीहरुको उम्मेदवारी खारेज गरेको हो । सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राती एक सूचना प्रकाशित गरी गुरुङ र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् ।

    चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रवृत्तिमा अध्यनरत भुसाल चुनाव लड्न पाउँदैनन् । यसअघि आयोगले सूचना ढिलाइ गरेको भन्दै आलोचना भएको थियो ।

    गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा एसका राजु गुरूङ, हाम्रो नेपाली पार्टीका उम्मेदवार डाक्टर निकोलस भुसाल र हिमाल बस्याल तीनै जनाको उम्मेदवारी खारेज भएको आयोगले जारी गरेको सूचनामा जनाइएको छ ।

    310874166_506672897674621_5663415352282836481_n.jpg