२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

डेंगु संक्रमितकाे संख्या ३३ हजार ९७५, ४४ जनाकाे मृत्यु

सोमवार , आश्विन २४, २०७९

काठमाडौं, २४ असोज ।

डेंगुकाे संक्रमणबाट ४४ जनाकाे मृत्यु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लाे विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो ।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो। यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ ।

हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ। यो संख्या हालसम्मकै उच्च हो । न्युज कारखाना