२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राख्न अनुमति 

सोमवार , आश्विन २४, २०७९

काठमाडौं, २४ असोज ।

बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ । दसैंको टीकाको भोलिपल्ट गत बिहीबार (२० असोज)मा पक्राउ परेका सन्दीपलाई थप सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले सोमबार प्रहरीलाई अनुमति दिएको हो । सन्दीपलाई प्रहरी वृत्त गौशालामा राखिएको छ । 

गत २१ भदौमा एक नाबालिगका आफन्तले सन्दीपविरुद्ध बलात्कारको उजुरी प्रहरी वृत्त गौशालामा दर्ता गराएका थिए । न्युज कारखाना