२०८३, बैशाख २० गते

May 03 2026 | २०८३, बैशाख २० गते

पार्टी छाडेका युवा नेता अजय कुमार गुप्ता पुनः राप्रपामै फर्किए

सोमवार , आश्विन २४, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २४ असोज ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका युवा नेता अजय कुमार गुप्ता पुनः राप्रपामा फर्किएका छन् । पार्टीका पूर्व जिल्ला उपाध्यक्ष समेत रहेका गुप्ता आइतबार पुनः राप्रपामै प्रवेश गरेका हुन् ।

    आफूले विगत ३ महिनादेखि पार्टीभित्र विभिन्न बुँदाहरुमा असहमति जनाउँदै रुपन्देहीको क्षेत्र नम्बर ३ मा युवा तथा नयाँ अनुहारलाई पनि सम्बोधन गर्नुपर्ने तथा पार्टीको आन्तरिक संगठन सुधारसम्बन्धि माग राख्दै राजीनामा दिएको गुप्ताले बताए ।

    उनले भने, ‘देशको राजनीति र गठबन्धनमा ठूलो उलटफेर एवं रुपन्देहीको राजनैतिक समीकरणमा पनि व्यापक परिवर्तन भएको छ । रुपन्देहीको सदरमुकाममा स्थानीयलाई बाइपास गरी अन्य स्थानबाट प्रयोगको रुपमा निर्वाचित गराइ भैरहवा तथा आसपासको क्षेत्रको इतिहासलाई बारम्बार प्रहार भइहेको अवस्थामा, स्थानीय तथा वरिष्ठ नेता दीपक बोहरा तथा युवा नेता (नयाँ अनुहार) लाई प्रदेशसभामा उम्मेदवार बनाउनुलाई मैले पार्टी नेतृत्वले परिवर्तनको सिद्धान्तलाइ अंगालेको मैले महसुस गरेको छ ।’

    विगतको राजीनामा पत्रमा उल्लेख गरेको राजेन्द्र लिङ्देन एवं उहाँले सन्कल्प लिनुभएको हिन्दू राष्ट्रको मुद्दालाई आफ्नो समर्थन रहेको उनको भनाइ छ ।

    उनले भने, ‘मैले राप्रपा, रुपन्देहीको सक्रिय कार्यकर्ताको हैसियतले सक्रियताका साथ अघि बढ्ने निर्णय लिएको छु । राजनीतिमा विमति राख्ने लोकतन्त्रको सुन्दर पक्ष हो । ’