
आइतवार , आश्विन २३, २०७९
भैरहवा, २३ असोज । लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता पाण्डेय पाँचदलीय गठबन्धनबाट उम्मेदवार भएका हुन् ।
आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पूर्वमन्त्री पाण्डेयले उम्मेदवारी दर्ता गराएका हुन् । उनी २०७४ सालमा सम्पन्न निर्वाचनमा पनि रुपन्देही क्षेत्र नम्बर ३ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij