२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

गृहमन्त्री खाँणले गराए रुपन्देही–३ बाट उम्मेदवारी दर्ता

आइतवार , आश्विन २३, २०७९

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • भैरहवा, २३ असोज ।

    गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

    आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गृहमन्त्री खाँणले उम्मेदवारी दर्ता गराएका हुन् । पाँचदलीय गठनबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । २०७४ सालको निर्वाचनमा भने उनी समानुपातिक उम्मेदवारको रुपमा प्रतिनिधिसभा सदस्य भएका थिए ।

    उम्मेदवारी दर्ता पश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री खाँणले निर्वाचनमा सहभागी हुने सम्पूर्ण राजनीतिक दलहरुलाई धन्यवाद दिए । उनले भने, ‘लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन आवश्यक छ ।’