२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

रवि लामिछानेले गराए चितवन २ बाट उम्मेदवारी दर्ता 

आइतवार , आश्विन २३, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • चितवन, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष  रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 
    सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् । 

    आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।