२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

महेन्द्र यादवले गराए रुपन्देही–३ (क) बाट उम्मेदवारी दर्ता

आइतवार , आश्विन २३, २०७९

  • 5.8K
    Shares
  • 5.8K
    Shares
  • भैरहवा, २३ असोज ।
    रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य महेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् ।

    आइतबार भैरहवास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर यादवले उम्मेदवारी दर्ता गराएका हुन् । नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी, नेपाल (जसपा) गठबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् । यादव २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।