२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

ब्रेक फेल हुँदा बस दुर्घटना : १६ को मृत्यु, ३३ घाइते

बिहिवार , आश्विन २०, २०७९

बारा, २० असोज ।
वीरगन्जका लागि हिँडेको बस जितपुर सिमरा उपमहानगरपालिका–२२ स्थित तीन नम्बर पूल नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

बिहीबार बिहान नारायणघाटबाट हिँडेको बसले हेटौडासम्म आउँदा ३४ जना बोकेको थियो, हेटौडाबाट पुनः १५ जना यात्रु बसमा थपिए । दशैंको टिकाको दोस्रो दिन एकादशीका दिन आफन्तका टिका लगाउन जाने र फकने यात्रुको निकै भिड रहेको बेलामा बसको क्षमता भन्दा धरै बोकेर हिँडेको बा.प्र ०६–००१ ख ०११० नम्बरको चुरे छोडेर तराई प्रवेश गर्ने अन्तिम घुम्तीमा सडकसंगै मोडिनुपर्ने थियो रतर त्यो घुम्तीमा बस नघुम्दा १६ जनाको जीवन गुमाए । 

बस अनियन्त्रित हुदाँ सडकबाट पुर्वउत्तर तर्फ करिब सय मिटर तल खोलाको बगरमा खस्यो । दुर्घटनामा १६ जनाले ज्यानले गुमाए । चुरेबाट तराई भर्ने ओरालोमा ब्रेक फेल हुँदा दुर्घटना भएको स्याङजा जिल्ला आदिखोला गाँउपालिका ६ बस्ने ४० वर्षीय चालक दिप्ती नारायण ढकालले बताए । 

चुरिया मन्दीरबाट तल गएपछि ब्रेक फेल भएको चालकले थाहा पाए  । ओरालो बाटो यात्रुले भरिएको बस रोक्ने प्रयास गर्दै हर्न बजाउँदै अगाडि लगिरहे तर बस घुम्तीमा अनियन्त्रित भएपछि चालक हाम फाले । बस सडकबाट ११० मिटर तल बगरमा खस्दा १० जनाको घटनास्थलमै, ४ जनाको अस्पताल लैजाने क्रममा र २ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।

बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाइलो चोक बस्ने शंकर कडेलको छेरा १४ वर्षीय सफल कडेल, पर्सा बिरगंज-१६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउँकी ३६ वर्षीय मन्निदेवी चौरासिया, मकवानपुर हेटौडा-७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउँकी १९ वर्षीय सोस्तिका श्रेष्ठ, बारा कलैया-१० की ३५ वर्षीय नाजलिन खातुन, बारा जितपुर सिमरा-२ का २८ वर्षीय सुरेश वि.क., बारा कलैया-१० का २५ वर्षीय ईताजत अंसारी, ओखलढुङ्गाका लाल बहादुर बोगटी, चितवन खैरेनी-५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी-३५ वर्षीय अम्बिका कंडेल, धनुषा जनकपुर-५ का ५० वर्षीय सन्तोष कुमार रायको मृत्यु भएको हो भने बाँकी २ जनाको पहिचान हालसम्म पनि हुन सकेको छैन । 

घाइतेमध्ये १७ जनाको चितवनका विभिन्न अस्पतालमा, ७ जनाको हेटौडास्थित चुरेहिल अस्पताल र एक जनाको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनाको जानकारी पाउनासाथ ईलाका प्रहरी कार्यालय अमलेखगंज, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, सशस्त्र प्रहरी बल, नेपाली सेना र जिल्ला सदरमुकामबाट जिल्ला प्रहरी कार्यालय बाराको टोली पुगेको थियो ।
स्थानीयको सहयोगमा दुर्घटनास्थलबाट घाइते र मृतकको शव निकालिएको जिल्ला प्रहरी कार्यलय बाराका प्रमुख तथा प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । 

त्यस्तै प्रहरीको प्रारम्भिक अनुमान बस ओभर स्पीड, डाईभर निदाउँदा र ब्रेक फेल भएर बस दुर्घटना भएको हुन सक्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रहरी निरीक्षक शुशिल आचार्यले बताए । यात्रुहरूको सनाखत अझै पूरा भइसकेको छैन । बसमा ५१ जना यात्रु रहेको प्रहरीले बताएको छ । न्युज कारखाना