२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

अमलेखगंजमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

बिहिवार , आश्विन २०, २०७९

बारा, २० असोज ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित तीन नम्बर पूल नजिकै यात्रुवाहक बस पल्टिदा कम्तिमा १० जनाको मृत्यु भएको छ । हेटौंडाबाट पथलैया आउँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस खोलामा झरेको हो ।बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले हाल सम्ममा १० जनाको मृत्‍यु भएको खबर प्रहरीबाट प्राप्त भएको जानकारी दिए ।

घाइतेहरुको उद्धारको कार्य जारी छ, उनिहरुलाई सिमर स्थित अल्पाइन र हेटौंडा अस्पतालमा अपचारका निम्ती पठाउने कार्य भइरहेको उनले बताए । दुर्घटनाको थप विवरण भने अझै आउन बाँकी रहेको छ । न्युज कारखाना