२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कोइराला समूहको अलग भेला आज २ बजेदेखि

बिहिवार , आश्विन २०, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, २० असोज ।

    नेपाली कांग्रेसभित्र सिट वाँडफाँटमा असन्तुष्ट रहेका शेखर कोइराला समूहको भेला अपरान्ह २ बजेदेखि बस्ने भएको छ । 

    काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समुहसँग गरिरहेको बिभेदका बारेमा छलफल हुने कोइराला समुहका नेता भुपेन्द्रजंग शाहीले जानकारी दिए । 

    आगमी ४ मंसिरका लागि हुन गईरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको बिरोधमा कोइराला समुहले केन्द्रिय कार्यालय सानेपा घेर्नेदेखी अलग भेला गर्दै आएका छन । समानुपातिक बन्द सुचीमा एकलौटी गरेको भन्दै बिरोध गरे पछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो । न्युज कारखाना