२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

भैरहवाबाट काठमाडौं उडेको विमान जनकपुरमा अवतरण

बिहिवार , आश्विन २०, २०७९

  • 3.2K
    Shares
  • 3.2K
    Shares
  • भैरहवा, २० असोज ।
    भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एअरको विमान तीन घण्टापछि मात्र काठमाडौंमा अवतरण गरेको छ । मौसमको खराबीका कारण काठमाडौंमा अवतरण हुन नसकेपछि उक्त विमानलाई जनकपुरमा अवतरण गराइएको थियो । काठमाडौं विमानस्थलले इयर ट्राफिक जाम भएको सूचनाका आधारमा जनकपुरमा अवतरण गराइएको हो ।

    बिहान ६ः१५ बजे उड्नुपर्ने विमान ७ः३५ मा भैरहवाबाट काठमाडौँका लागि उडान भरेको भए पनि खराब मौसमका कारण जनकपुरमा अवतरण गरेको थियो । उक्त विमान १०ः२५ मा मात्र काठमाडौंमा अवतरण गरेको छ । झण्डै १ घण्टा बढी जनकपुर विमानस्थलमा विमान होल्ड गरिएको बुद्ध एअरले जनाएको छ ।