images
images

शुक्रवार, जेठ ४ गते २०८१

कारको ठक्करबाट अनेरास्ववियु रुपन्देही सह–सचिव चौधरीको मृत्यु

कारको ठक्करबाट अनेरास्ववियु रुपन्देही सह–सचिव चौधरीको मृत्यु

images
images
images
बिहिवार, आश्विन २० २०७९
बिहिवार, आश्विन २० २०७९
  • कारको ठक्करबाट अनेरास्ववियु रुपन्देही सह–सचिव चौधरीको मृत्यु

    भैरहवा, २० असोज ।
    रुपन्देहीमा कारले स्कुटीलाई ठक्कर दिदा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रुपन्देहीकी जिल्ला सह–सचिव झरना चौधरीको मृत्यु भएको छ ।

    images
    images
    images

    रुपन्देही प्रहरीका अनुसार बुधबार सांझ रोहिणी गाउँपालिका–३ स्थित धकधईमा दुर्घटनामा परी चौधरीको ज्यान गएको हो । लु ४१ प ९८७ नम्बरको स्कुटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा घाइते भएकी थिइन् । कारको ठक्करबाट गम्भिर घाइते उनलाई उपचारका लागि भैरहवास्थित भीम अस्पताल लगिए पनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।

    २१ वर्षिय चौधरी नेकपा (एमाले) लुम्बिनी साँस्कृतिक नगरपालिका–६ की वडा सचिव तथा लुम्बिनी विकास मञ्चको सदस्य समेत हुन् ।

    तिलोत्तमा नगरपालिका–३ सिर्जनानगर स्थायी घर भएकी उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत रहेको एमाले रुपन्देही जिल्ला सदस्य तथा अनेरास्ववियु केन्द्रीय सदस्य सन्दिप गुप्ताले बताए । बुधबार घरमा दशैंको टीका लगाएर नवलपरासीस्थित मामाघर जाँदै गर्दा उनी दुर्घटनामा परेकी हुन् ।

    चौधरीको निधनले पार्टीलाई गम्भिर क्षति पुगेको तथा पार्टी र संगठनले एक क्षमतावान नेता गुमाएको महसुस गरेको एमाले पोलिटव्यूरो सदस्य तथा राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले बताए ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij