images
images

शुक्रवार, जेठ ४ गते २०८१

रुपन्देही–३ (क) बाट प्रदेशसभा सदस्यमा सिफारिस को हुन् शार्दुल मयुर कसौधन ?

रुपन्देही–३ (क) बाट प्रदेशसभा सदस्यमा सिफारिस को हुन् शार्दुल मयुर कसौधन ?

images
images
images
बुधवार, आश्विन १९ २०७९
बुधवार, आश्विन १९ २०७९
  • रुपन्देही–३ (क) बाट प्रदेशसभा सदस्यमा सिफारिस को हुन् शार्दुल मयुर कसौधन ?

    भैरहवा, १९ असोज ।
    नेकपा (एकीकृत समाजवादी) ले रुपन्देही क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवारमा युवा नेता शार्दुल मयुर कसौधनको नाम सिफारिस गरेपछि सामाजिक सञ्जाल, चिया पसल तथा चोक चोकमा उनको चर्चा हुँदै आएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि युवा नेता कसौधनको नाम सिफारिस भएपछि उनलाई उम्मेदवार बनाउनुपर्ने सामाजिक सञ्जालमा माग समेत हुन थालेको छ । सामाजिक सञ्जालमा शुभेच्छुकहरुले उनलाई सफलताको शुभकामना समेत दिइरहेका छन् ।

    images
    images
    images

    यद्यपि गठबन्धनबाट क्षेत्र नम्बर ३ (क) नेकपा (एकीकृत समाजवादी)को भागमा पर्छ कि पर्दैन, त्यो टुंगो लाग्न बाँकी नै छ । गठबन्धबाट उम्मेदवार हुने मौका पाए निर्वाचन जित्ने कसौधनले बताए । उनले भने, ‘गठबन्धनबाट हालसम्म निर्णय भएको छैन्, म उम्मेदवार बन्न तयार छु, उम्मेदवार बन्न पाए निर्वाचनमा जित्छु भन्नेमा विश्वस्त छु । ’ 

    राजनीतिक र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल रहेको र जनतासँग नजिक रहनु नै आफ्नो जीतको आधार रहेको उनको भनाइ छ । उनले भने, ‘राजनीति पेशा होइन, सेवा हो, म जनताको सेवा गर्न चाहन्छु ।’

    लियो जिल्ला परिषद ३२५ पी नेपालका जिल्ला परिषद अध्यक्ष लिलामणि न्यौपाने (एम.डी.)ले युवा नेता शार्दुल मयुर कसौधन उम्मेदवार भए जित्ने धेरै आधार रहेको बताए । उनले भने, ‘सर्वप्रथम उहाँ युवा नेता हुनुहुन्छ, त्यस्तै उहाँ स्पष्ट नीति तथा कार्यक्रमसहितको नेतृत्व गर्ने क्षमता (सामाजिक क्षमतावान व्यक्तित्व हुनुहुन्छ ।’

    लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष कमल परियारले शार्दुल मयुर कसौधन युवा वर्गमा चर्चित नाम भएको बताए । उनले भने, ‘लियो डिष्ट्रिकको नेतृत्व सम्हालिसक्नुभएका युवा नेता कसौधनले जनताको पक्षमा काम गर्न सक्नुहुन्छ भन्नेमा विश्वस्त छौं । ’ युवाले नै अब जिम्मेवारी लिनुपर्ने र युवाबाट जनताले विकासको अपेक्षा गरेको उनको भनाइ छ ।

    को हुन् शार्दुल मयुर कसौधन ?

    वि.सं. २०४३ साल वैशाख १३ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ मा जन्मिएका शार्दूल मयुर कसौधन राजनीतिक तथा सामाजिक क्षेत्रमा निरन्तर क्रियाशिल छन् । २०६७–२०६८ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटीको उपाध्यक्षको जिम्मेवारी सम्हालेका कसौधन मदन भण्डारी स्पोर्टस् एकेडेमी सिद्धार्थनगरका संस्थापक अध्यक्ष हुन् । उनी एमाले सिद्धार्थनगर कमिटी सदस्यमा समेत निर्वाचित भएका थिए । पार्टी विभाजन पश्चात नेकपा (एकीकृत समाजवादी) मा लागेका कसौधन हाल उक्त पार्टीको रुपन्देही जिल्ला सदस्य, सिद्धार्थनगर कमिटी उपाध्यक्ष, पार्टी निकट युवा संघ रुपन्देहीको जिल्ला सचिव तथा पिपुल्स भोलेन्टियर लुम्बिनी प्रदेशका सचिव हुन् । 

    कम्युनिष्ट पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका ३६ वर्षिय कसौधन राजनीतिकसँगै विभिन्न सामाजिक संघ–संस्थाको नेतृत्व समेत गरिसकेका छन् । उनी लियो क्लब अफ सिद्धार्थनगरका संस्थापक टेमर हुन् । त्यस्तै लियो क्लब अफ सिद्धार्थनगरको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका कसौधन लियो क्लब डिष्ट्रिक ३२५ बी २ नेपालका प्रेसिडेण्ट तथा राष्ट्रिय उपाध्यक्ष समेत भइसकेका छन् । उनी लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका संस्थापक अध्यक्ष समेत हुन् । त्यस्तै कसौधनले जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०१६ को महासचिव तथा २०२२ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।

    आफ्ना बुवाको प्रेरणाबाट राजनीति क्षेत्रमा लागेका युवा नेता कसौधन निरन्तर सोही क्षेत्रमा क्रियाशिल छन् । शार्दुलका बुवा आदित्य नारायण कसौधन संविधानसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय अनुशासन विभागका सदस्य हुन् ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij