२०८२, पौष १९ गते

Jan 03 2026 | २०८२, पौष १९ गते

बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु 

मंगलवार , आश्विन १८, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • बर्दिया, १८ असोज ।

    बर्दियामा भ्यानको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भ्यानले ठक्कर दिदाँ ती युवतीको मृत्यु भएको हो । प्रहरीका अनुसार भे १ ज १२४१ नम्बरको भ्यानले ठक्कर दिंदा गुलरिया नगरपालिका–४ बालापुरकी २५ वर्षीया मिरा चौधरीको मंगलबार बिहान मृत्यु भएको हो ।

    भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी चौधरीको उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजादै गर्दा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। न्युज कारखाना