२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

बुटवलका उपमहानगरपालिका प्रमुख पाण्डेयलाई स्याङ्जामा सम्मान

सोमवार , आश्विन १७, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, १७ असोज ।  
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई स्याङ्जाको कालीगण्डकीमा सम्मान गरिएको छ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा निर्वाचित भएपछि पहिलोपटक जन्मस्थल स्याङ्जाको कालीगण्डकी–२ स्थित कोटाकोट पुगेका पाण्डेयलाई सोमबार स्थानीयले स्वागत तथा सम्मान गरेका हुन् । 

    कार्यक्रममा बोल्दै उनले बुटवललाई आर्थिक केन्द्रका रुपमा स्थापित गर्ने योजनाका साथ अगाडि बढेको बताए । निर्वाचित भएपछि आफू जन्मस्थलमा आउन चाहे पनि बजेट निर्माण, बुटवलको मुख्य सडक र ज्योतिनगर पहिरो समस्याका कारण जन्मस्थल आउन ढिलो भएको उनले बताए । बुटवलको चौराहादेखि गोलपार्क सडक निर्माणको कामको लागि उपमहानगरले सहजीकरण गरेको र सडक निर्माणको काम सम्पन्न हुने तर्फ अगाडि बढेको उनले बताए । बुटवलसँगै आफ्नो जन्मस्थल कालीगण्डकी गाउँपालिकाको विकासमा आफूले पहल गर्ने उनले बताए ।

    212212.jpg

    कालीगण्डकी वडा नम्बर २ का वडाअध्यक्ष  खगिसरा गाहाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्ववडाअध्यक्ष नर बहादुर राना, नेपाली काँगे्रसका वडा सभापति  शमसेर राना, समाज कल्याण युवा परिवारका अध्यक्ष लेखराज पाण्डेय लगायतले बोलेका थिए ।
    कालीगण्डकी गाउँपालिकाले सफल नेतृत्व जन्माउन सफल भएको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । बुटवलको विकाससँगै कालीगण्डकी गाउँपालिकाको विकासमा पनि प्रभावकारी भूमिका खेल्न प्रमुख पाण्डेयलाई स्थानीयबासीले आग्रह गरेका थिए ।