२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

लुम्बिनी राउण्ड टेबल–१६ को आयोजनामा शिक्षक तालिम कार्यक्रम

शनिवार , आश्विन १५, २०७९

भैरहवा, १५ असोज ।
लुम्बिनी राउण्ड टेबल–१६ को आयोजनामा भैरहवामा एकदिने ट्रेन द टिचर्स प्रोग्राम (शिक्षक तालिम कार्यक्रम) सम्पन्न भएको छ । तालिममा ७ वटा विद्यालयका ३१ जना शिक्षकहरुको सहभागीता रहेको रोहित अग्रवालले बताए । 

सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा आयुसी केडियाले सहजीकरण गरेकी थिइन् ।

अभिषेक अग्रवालको अध्यक्षता तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।