२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

पूर्वमन्त्री सन्तोष पाण्डेयको सम्पर्क कार्यालयको उद्घाटन

शुक्रवार , आश्विन १४, २०७९

  • 4.4K
    Shares
  • 4.4K
    Shares
  • भैरहवा, १४ असोज ।
    लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता सन्तोष कुमार पाण्डेयको सम्पर्क कार्यालयको उद्घाटन गरिएको छ ।

    शुक्रबार (भैरहवा) सिद्धार्थनगर नगरपालिका–४ स्थित नापी कार्यालय नजिकै कार्यालयको उद्घाटन गरिएको लोसपाका युवा नेता बैजनाथ गुप्ता (बी.एन.)ले बताए ।

    कार्यालयको एक कार्यक्रमकाबीच पूर्वमन्त्री पाण्डेयले उद्घाटन गरे । नेता पाण्डेयले जनताको पक्षमा आफू निरन्तर लागिपरेको बताए ।

    कार्यक्रममा लोसपाका नेता, कार्यकर्ता, समाजसेवी, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

    309179373_113338651536132_1899072633471845909_n.jpg

    नेता पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । २०७४ सालको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।