२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा कार्तिक ६ गते

शुक्रवार , आश्विन १४, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • बुटवल, १४ असोज ।
    नेपाल पत्रकार महासंघ रुपन्देहीको साधारणसभा आगामी कार्तिक ६ गते हुने भएको छ । पत्रकार महासंघ रुपन्देहीको शुक्रबार बसेको कार्यसमितिको बैठकले केन्द्रीय सर्कुलर अनुसार कार्तिक ६ गते साधरणसभा गर्ने निर्णय गरेको हो ।

    महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पत्रकारहरुलाई पेशागत मर्यादा कायम गर्न तथा पत्रकार आचारसंहिताको पालना गर्न अपिल गरेको छ । निर्वाचनमा पत्रकारले निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने स्मरण गराउँदै पेशागत मर्यादा र गरिमा उचो बनाउने गरी काम गर्न बैठकले अपिल गरेको सचिव विनोद परियारले बताए ।

    बैठकमा महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एवं सल्लाहकारहरु डा. बालकृष्ण चापागाई, हरि लम्साल, शेर बहादुर केसी, सल्लाहकार दिनेश पाण्डे, खिमानन्द भट्टराई र इन्दिरा अर्यालको उपस्थिति थियो ।