२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा 

शुक्रवार , आश्विन १४, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब आफ्नै पार्टीभित्र विद्रोह गर्ने बेला आएको बताएका छन् । 

    शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा नल्याए सत्ताको हतियारमात्र हुने बताएका हुन् । 

    पार्टीभित्र ठूलो शुद्धीकरण अभियाउन चलाउनुपर्ने आवश्यकता औँल्याएका थापाले चुनाव जित्नका लागि मात्र पार्टी गठन गरेको जस्तो भएको भन्दै विद्रोह गर्नुपर्ने बेला आएको जिकीर गरेका हुन् । 

    निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट रहँदै आएको शेखर–गगन समूहले सच्याउनलाई अल्टिमेटमसमेत दिएको छ ।