बुधवार , आश्विन १२, २०७९
भैरहवा, १२ असोज ।
दसैँ–तिहार लगायत चाडपर्वलाई स्वागत गर्ने क्रममा लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले सोमबार चंगा चेट प्रतियोगिता आयोजना गरेको छ ।
भैरहवास्थित श्री रुपन्देही लिलाराम न्यौपाने माध्यमिक विद्यालयमा भएको प्रतियोगितामा ३२ जना प्रतियोगिको सहभागीता रहेको क्लबका संस्थापक अध्यक्ष कमल परियारले बताए । भैरहवामा पहिलोपटक यो प्रतियोगिता आयोजना गरिएको उनले दावी गरे ।
प्रतियोगितामा सन्देश केसी प्रथम र सतिष भुसाल दोस्रो भएको कार्यक्रम संयोजक गोकुल घिमिरेले जानकारी दिए ।
कार्यक्रममा प्रथम हुनेलाई रु. ५ हजार र दोस्रोलाई रु. २ हजार ५ सय प्रदान गरिएको क्लबका अध्यक्ष राहुल रेग्मीले बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का गभर्नर नवराज न्यौपानेको प्रमुख आतिथ्यता, रिजन चेयरपर्सन रचना क्षेत्रीको विशिष्ट आतिथ्यता, एरिया चिफ संगम न्यौपाने, सुनिल सेन्चुरी, मंगल भण्डारी, सविता तुलाधर, सार्दुल मयुर कसौधन, कमल कुमार कार्की, सुमन अधिकारी, जीवन घिमिरे, दिलिप जि.सी. लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमको प्रमुख प्रायोजक फोर स्क्वायर रेष्ट्रो एण्ड पार्टी प्यालेस र सह–प्रायोजक नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखा रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij