२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

छत्रकोट गाउँपालिकाद्वारा डेंगु, सुगर, स्क्रब टाइफस र मलेरियाको निःशुल्क परीक्षण सेवा सुरु

मंगलवार , आश्विन ११, २०७९

गुल्मी, ११ असोज ।
गुल्मीको छत्रकोट गाउँपालिकाले डेंगुको निःशुल्क परीक्षण सेवा सुरु गरेको छ । लक्षण देखिएका बिरामीहरुलाई चिकित्सकको सल्लाहअनुसार निःशुल्क परीक्षण सेवा सुरु गरिएको हो ।

डेंगुसंगै स्क्रब टाइफस र मलेरियाका बिरामीहरुलाई समेत निःशुल्क परीक्षण सेवा सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बाहादुर पुनले गाउँपालिका भित्र सिटामोल र किटको अभाव नभएको जानकारी दिए ।

पछिल्लो समय देशभरी नै डेंगूका बिरामी बढेका छन् भने किट र सिटामोलको अभाव देखिएको छ । केही समय पहिला गाउँपालिकाले डेंगू नियन्त्रणसम्बन्धी चेतनामूलक कार्यक्रम समेत गरेको थियो ।

स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले बताए । डेंगु, स्क्रब टाइफस र मलेरियाःको निशुल्क परीक्षण मात्रै होइन उनले केही दिन देखि मधुमेह (सुगर) परीक्षण समेत निःशुल्क गराएका छन् ।