२०८२, श्रावण १८ गते

Aug 03 2025 | २०८२, श्रावण १८ गते

रोटरी डाउनटाउनद्वारा डेंगुविरुद्ध सचेतना अभियान

मंगलवार , आश्विन ११, २०७९

बुटवल, ११ असोज ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनको आयोजना तथा रोट्रयाक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, इन्ट्रयाक्ट क्लब अफ स्लकर्स होम, गार्गी एकेडेमी, एनायन्स डाउनटाउन, इनरह्वील क्लब अफ बुटवल जितगढीले बुटवलमा मंगलबारदेखि डेंगु रोग नियन्त्रण तथा सचेतना कार्यक्रम सुरु गरेका छन् । 

राजमार्ग चौराहाबाट सुरु भएको कार्यक्रम बुटवल उपमहानगरपालिकाका वडाहरुमा डेंगु रोगबारे सचेतनामूलक पर्चापम्प्लेट वितरण, अडियो सामग्रीमार्फत माइकिङ गरिने क्लबका अध्यक्ष भरत रानाले बताए । डेगु संक्रमितको संख्या बढेका कारण सचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए । 

कार्यक्रम संयोजक कमला हमालले सचेतना डंगुबाट बच्न सबैभन्दा प्रभावकारी उपाय सचेतना भएको बताइन् । यसैलाई मध्यनजर गरी सबै क्लबहरुको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको उनले बताइन । बुटवल उपममहानगरपालिकाका स्वास्थ्य शाखाका सिद्धार्थ आचार्य, इनरह्वील क्लब अफ बुटवल जितगढीका अध्यक्ष गीता शर्माले कोभिडसँग डेंगुको प्रकोप पनि देशभर देखिएको हँुदा स्थानीय सरकारबाट सचेतना र रोकथामको उपायमा जोड दिनुपर्ने बताए ।