२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

मानव बेचविखनविरुद्ध वडास्तरीय संजाल समूह गठन

मंगलवार , आश्विन ११, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, ११ असोज ।
    मानव बेचबिखन तथा ओसारपसारविरुद्धको वडास्तरीय संजाल समूह गठन कार्यक्रम सिद्धार्थनगरमा सम्पन्न भएको छ । माइती नेपाल भैरहवा आवधिक गृहको आयोजना तथा सिद्धार्थनगर नगरपालिकाको समन्वयमा भएको कार्यक्रममा वडास्तरमा रहेका किशोरी तथा बालबालिकाको सहभागिता रहेको थियो ।  

    सहभागीलाई मानव बेचविखन भनेको के हो, घरेलु हिंसा, यौन दुव्र्यवहार लगायतका कुराबाट कसरी बच्नेसहितका चेतनामूलक कार्यक्रमसहित स्थानीय तहमा संंजाल तयार हुनुपर्ने सहभागीले बताएका छन । वडास्तरसम्म सबै सजग र सचेत हुनुपर्ने र वडा कार्यालयले समन्वय गर्नुपर्ने सहभागीको जोड थियो । कार्यक्रममा वडास्तरीय संजाल समूह गठन गरिएको थियो । 

    सिद्धार्थनगर वडा नम्बर १ मा वडाअध्यक्ष उज्जवल पोखरेलको अध्यक्षता तथा वडा नम्बर ३ मा वडा अध्यक्ष नारायण प्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा माइती नेपालका भैरहवा प्रमुख माया क्षेत्रीले प्रस्तुतीकरण गरेकी थिइन् ।