२०८२, पौष १९ गते

Jan 03 2026 | २०८२, पौष १९ गते

कृपालुजी महाराजको शताब्दी जयन्ती समारोह हुने

सोमवार , आश्विन १०, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • भैरहवा, १० असोज । जगतगुरु कृपालुजी महाराज जन्मेको एक सय वर्ष पुगेको अवसरमा महाराजको आश्रम भक्ति मन्दिरमा भब्य शताब्दी जन्मोत्सव समारोह हुने भएको छ ।

    आइतबार भैरहवामा आयोजित अन्तरक्रियामा महाराजकी प्रचारिका श्री श्री भुवनेश्वरी देवीले यही असोज २३ गते भारतको प्रयागराज नजिकैको भक्ति मन्दिर आश्रममा कार्यक्रम गर्न लागिएको जानकारी दिइन् ।

    ्कृपालुजी महाराज हिन्दूहरुका जगतगुरुहरुमध्ये शंकराचार्य, निम्मार्गाचार्य, रामानुदचार्य र माधवाचार्यपछिको पाँचौ जगतगुरु रहेको जानकारी पनि भुवनेश्वरीले दिइन् । कृपालुजी ३४ बर्षको उमेरमा जगतगुरु बनेका थिए । उनी सन् १९२२ मा जन्मिएका थिए । ९१ वर्षको उमेरमा ब्रह्मलिन भए ।

    जगतगुरु कृपालुजीका भारतमा तीन मुख्य आश्रम र भारत, नेपाल लगायत संसारभर शाखाहरु छन् । प्रयागराज नजिक भक्ति मन्दिर, वृन्दावनमा प्रेम मन्दिर र बर्सानामा कीर्ति मन्दिर रहेका छन् । यी तीन ठाउँमा निःशुल्क अस्पताल, विद्यालय लगायतका माध्यमबाट सामाजिक काम हुँदै आएका छन् ।

    माला जपेर वा धुप बालेर मात्र सच्चा भक्ति हुँदैन, हृदयबाटै हुनुपर्छ भन्ने मान्यता राख्ने कृपालुजी महाराजको शताब्दी जयन्ती कार्यक्रममा सरिक हुन नेपालबाट पनि सहभागिता रहने स्थानीय संयोजक वृजेश अग्रवालले जानकारी दिए ।