२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

युवा पुस्तामा लोकप्रिय बन्दै हाँस्य टेलिश्रृखंला ‘अति भो’ 

सोमवार , आश्विन १०, २०७९

रुपन्देही, १० असोज । 
हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवाहरु माझ लोकप्रिय बन्दै गइरहेको छ । हाँस्यव्यङ्यको माध्यमबाट समाजमा रहेका कुरीतिहरुलाई हटाउने र मनोरञ्जन दिने उद्देश्यका साथ सुरु भएको यो टेलिसिरियलले आफ्नो प्रशारणको एक सय १७ भाग पूरा गरेको निर्देशक सुरज खनालले बताए । 

टेलिसिरियल अतिभो ले  कमेडी सँगसँगै समाज सुधारका कथामा आधारित रहेर निर्माण गरिएको उनले बताए । यो सिरियल हरेक आइतबार राती ८ः५० बजे नेपाल टेलिभिजन अनि  ९ः३० मा मिडिया हब अफिसियल युटुब च्यानलबाट प्रशारण हुँदै आएको छ ।
सुरज खनालले निर्देशन गर्दै आएको टेलिसिरियलमा कलाकार रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा, शोभाखर खनाल, रिता सिवाकोटी, युवराज तिमल्सिना, सुबु शाही, सुमन खनाल, धनराम मुस्कान, अजय रेग्मी, रेशम बुढाथोकी लगायतका कलाकारले अभिनय गरेका छन् । यो सिरियलको छायांकन दिलिप विष्टले गर्दै आएका छन् भने सम्पादन रविन भट्ट, अशोक चौधरी र नमिता चालिसेले गर्दै आएका छन् । त्यसै गरी सिरियलको लेखन सुरज खनाल र ओकेश पनेरुले गर्छन् भने टेलिश्रृखंलालाई मिडिया हब प्रा.लि.ले प्रस्तुत गर्दै आएको छ ।

हाँस्यव्यङ्य क्षेत्रमा प्रतिष्ठित कलाकारहरुलाई समेटेर ११७ अंक पूरा गरिसकेको यो सिरियललाई दर्शकले धेरै माया गरेकै कारण आफूहरुलाई थप उत्साह आएको र बजारदेखि ग्रामीण सबैले मन पराएको कलाकार शोभाखर खनालले बताए । उनले दर्शकको सुझावका आधारमा हरेक अंकमा नयाँ सन्देश दिने गरी निर्माण गरिएको बताए ।