images
images

आइतवार, जेठ ६ गते २०८१

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक : गृहमन्त्री खाँण

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक : गृहमन्त्री खाँण

images
images
images
सोमवार, आश्विन १० २०७९
सोमवार, आश्विन १० २०७९
  • राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक : गृहमन्त्री खाँण

    भैरहवा, १० असोज ।
    गृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगर्नु असंवैधानिक कदम भएको बताएका छन् । उनले यसले विधिको शासन र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने बताए ।

    images
    images
    images

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणको सम्पर्क कार्यालयको सिद्धार्थनगर नगरपालिका–६ स्थित गल्लामण्डीमा सोमबार उद्घाटन गर्दै उनले दोहोराएर संसद्ले राष्ट्रपति समक्ष कुनै पनि विधेयक पठाइसकेपछि त्यो विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण (स्वीकृत) गर्नुपर्ने बताए । उनले भने, ‘विधेयक फेरी फर्काउने संविधानमा व्यवस्था गरिएको छैन, सरकारले प्रस्तुत गरेको विधेयक संसद्ले पारित गरेपछि त्यसमा कुनै कमीकमजोरी छ भने त्यसलाई छलफल र पुर्नविचार गरेर पठाउनु भनेर एकपटक मिल्छ । ’ 

    सरकारले ल्याएको विधेयक संविधानसम्मत छैन भने राष्ट्रपति कार्यालयले यो धारा, दफामा संविधानसम्मत छैन भनेर किटान गर्नुपर्ने उनले बताए । गृहमन्त्री खाँणले भने, ‘यो विधेयक फर्काउँदा संविधान अनुकुल छैन भनेर राष्ट्रपतिले भन्नुभएको छैन, केही यस्ता विषयवस्तु उठाउनुभएको छ, जुन विषयवस्तुहरुलाई सम्बोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्छ । ’ संविधान संशोधन नगरीकन राष्ट्रपतिले प्रेषित गर्नुभएको सन्देशलाई तत्काल सम्बोधन गर्न नसकिने उनको भनाइ थियो । राष्ट्रपतिले पठाउनुभएको सन्देशलाई सरकारले सकारात्मक रुपमा लिएको गृहमन्त्री खाँणले बताए ।

    नागरिकता विधेयक पारित नभएका कारण नागरिकता पाउनुपर्ने नागरिक अनागरिक भएर बाँच्नुपरेको खाँणले बताए । उनले भने, ‘संविधानअनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकताबाट वञ्चित गराउन पाइँदैन ।’ 

    राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेपछि नागरिकता प्राप्त आमाबुवाका सन्तानले नागरिकता पाउन नसकेको उनले बताए । संविधानको रक्षाका लागि सम्पूर्ण नागरिक एकतबद्ध हुनुपर्ने आवश्यकता रहेको उनले औल्याए । उनले आगामी निर्वाचनले संविधानको रक्षा र लोकतान्त्रिक पद्दतिलाई बलियो बनाउने दावी गरे । उनले भने, ‘सरकार, प्रशासन र सुरक्षा निकायले उद्योगी, व्यवसायीको सुरक्षा गर्नुपर्छ, मजदूर र किसानको हित सरकारको प्राथमिकतामा छ ।’

    गठबन्धनको प्रमुख पार्टी कांग्रेस भएकाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन कांग्रेसले अग्रसरता लिनुपर्ने उनको भनाइ थियो ।

    उनले गठबन्धन निर्वाचन लक्षित मात्र नभएको उनले बताए । उनले संविधान सबैले मान्नुपर्ने बताए । संविधानको पालना गर्न सरकार प्रतिवद्ध रहेको उनले बताए । संविधानमा केही कमजोरी रहेको र कमीकमजोरीलाई सुर्धान संविधान संशोधन गर्न सकिने उनको भनाइ थियो । पछिल्लो समय पार्टीमा उम्मेदवारको आकांक्षी बढ्नु भनेको कांग्रेसप्रति क्रेज बढेको उनले दावी गरे ।

    IMG_2492.JPG

    त्यस्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले आगामी मंसिर ४ गते हुने निर्वाचमा कांग्रेसलाई जिताउन सके मात्र मुलुकको विकास हुने दावी गरे ।

    कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकालले कांग्रेस एकढिक्का भएर अगाडि बढे आउने दिन जनताको दिन हुने बताए ।

    कांग्रेस रुपन्देही क्षेत्र नम्बर ३ का सभापति सुशिल गुरुङको अध्यक्षता, क्षेत्र नम्बर ३ (क)का सभापति सुरेन्द्रजंग थापाको स्वागत तथा क्षेत्रीय सचिव लेखनाथ भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij