सोमवार , आश्विन १०, २०७९
भैरहवा, १० असोज ।
सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यहरु तथा सदस्य उद्यमी व्यवसायीहरुको क्षमतावृद्धिको लागि २०७८ वैशाखदेखि प्रत्येक शनिबार आयोजना गरिदै आएको तालिमको ५० औं श्रृंखला स्वर्ण महोत्सवको कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघका पूर्व अध्यक्षहरुले आ–आफ्ना कार्यकालमा भएका गतिविधिहरुबारे बोलेका थिए ।
त्यस्तै कार्यक्रममा विभिन्न श्रृंखलाहरुमा मुख्य वक्ताका रुपमा भूमिका निर्वाह गरेका पूर्वअध्यक्ष, सल्लाहकार, पदाधिकारी तथा उद्यमीहरुलाई सम्मान गरिएको थियो । त्यसै गरी तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुलाई प्रशंसापत्र वितरण गरिएको संघले जनाएको छ ।
तालिमकै रुपमा सञ्चालन गरिएको उक्त कार्यक्रममा सम्पूर्ण प्रशिक्षार्थीहरुले विभिन्न चरणमा कार्यक्रममा सञ्चालनको भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा संघका कार्यसमिति सदस्य अभिनव मयुर कसौधनले आफ्ना हजुरबुवा स्व. रामनारायण लाल कसौधनको स्मृतिमा अक्षयकोष स्थापनाको लागि १ लाख १ सय ११ रुपैया संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेलाई हस्तान्रण गरेका थिए ।
त्यस्तै स्वर्ण महोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै सिद्धार्थ बाल गृह भैरहवालाई खाद्यान्न वितरण समेत गरिएको संघले जनाएको छ । संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता तथा तालिमका प्रशिक्षक एवं संघका महासचिव विजय पाण्डेको सहजीकरणमा सम्पन भएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij