२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

सदुपयोग सहकारी संस्थामा नयाँ नेतृत्व 

सहकारीलाई उत्पादनसँग जोड्न सुझाव

आइतवार , आश्विन ९, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • तिलोत्तमा, ९ असोज । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्थाको ११  औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले संस्थाको नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिवार भएको अधिवेशनवाट संस्थाको अध्यक्षमा कमल अर्याल, उपाध्यक्षमा नारायणी शर्मा अधिकारी, सचिवमा प्रकाश चापागाई र कोषाध्यक्षमा ढकबहादुर टण्डन निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा मुकुन्दराज कँडेल, पुर्ण प्रसाद अर्याल, समिता आचार्य भट्टराई, रमाकान्त अर्याल र प्रेम नेपाली निर्वाचित भएका छन् ।

    अधिवेशनले मिना रेश्मीको संयोजकत्वमा जमुना बस्नेत र मनोजकुमार नाउ सदस्य रहेको लेखा समिति चयन गरेको छ ।

    यसअघि साधारणसभाको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नम्बर २ का अध्यक्ष डिलबहादुर भट्टराईले सहकारीलाई उत्पादनसँग जोड्नुपर्ने बताए । सहकारी संस्थामा धेरै जनाको निक्षेप संकलन हुने र शेयर सदस्यहरुले संस्थाबाट धेरै प्रतिफलको आशाा गर्ने भएकाले संस्थाका सञ्चालकहरु लगानी र असुलीमा मात्र सीमित नभइ सदस्यहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने खालका तालिम कार्यक्रम सञ्चालन गर्नेतर्फ लाग्नुपर्ने उनले बताए ।  

    सहकारी संस्थाका अध्यक्ष कर्णबहादुर टण्डनले नयाँ शेयर सदस्य वृद्धि गर्ने, एकजना शेयर सदस्यले एक जना नयाँ सदस्य थप गर्ने, शेयर सदस्यका गरीब तथा जेहेन्दार छोराछोरीमध्ये प्रतिवर्ष एक जनालाई माध्यमिक तहको शिक्षा अध्ययनका लागि १० हजार सम्मको छात्रवृत्ति प्रदान गर्ने लगायतका प्रस्ताव प्रस्तुत गरे ।

    कार्यक्रममा तिलोत्तमा–३ का वडाअध्यक्ष कल्याण पौडेल, पत्रकार खिमानन्द भट्टराई, सहकारीका संस्थापक अध्यक्ष ईश्वर शर्मा, शेयर सदस्य भीम पौडेल, महेन्द्र बस्नेत लगायतले बोल्दै सहकारी संस्थाका कार्यक्रमहरुलाई समयसापेक्ष परिमार्जन गर्दै शेयर सदस्यहरुलाई बढी भन्दा बढी प्रतिफल दिनुपर्ने सुझाव दिए ।

    सो अवसरमा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीहरुलाई नगदसहित सम्मान गरिएको थियो भने निवर्तमान कार्यसमितिका पदाधिकारी, उपसमितिका संयोजक, सदस्य तथा सल्लाहकारहरुलाई सम्मान गरिएको थियो ।