images

शुक्रवार, बैशाख ७ गते २०८१

रोटरी क्लब अफ बुटवलको इन्डक्सन कार्यक्रम

रोटरी क्लब अफ बुटवलको इन्डक्सन कार्यक्रम

images
images
images
शनिवार, आश्विन ८ २०७९
शनिवार, आश्विन ८ २०७९
  • रोटरी क्लब अफ बुटवलको इन्डक्सन कार्यक्रम

    बुटवल, ८ असोज ।
    रोटरी क्लब अव बुटवलमा प्रवेश गर्ने नयाँ सदस्यहरुको क्लब इन्डक्सन कार्यक्रम एवं १४ सय ३४ औं नियमित बैठक बुटवलमा सम्पन्न भएको छ । क्लब इन्डक्सन कार्यक्रममा क्लबका एसिष्टेन्ट गभर्नर दिनेश पौडेलले रोटरी विश्वभर सञ्जाल भएको सामाजिक संस्था भएको चर्चा गर्दै रोटरी क्लव अफ बुटवलले पनि सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको बताए । उनले क्लबमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई क्लबले लिएको लक्ष्य र उद्देश्य अनुरुप स्वार्थ भन्दा माथि उठेर सेवा भावमा सहकार्य गर्न आग्रह गरे ।

    images
    images
    images

    यो वर्ष रोटरी क्लब अफ बुटवलमा १२ जनाले नयाँ सदस्यता प्राप्त गरेका छन् । उनीहरुका बारेमा क्लबका अध्यक्ष बोनिन पियाले विवरण प्रस्तुत गरेका थिए । नयाँ सदस्यता प्राप्त गर्नेहरुमा मन्जु भुसाल, उमेश श्रेष्ठ, सुमन श्रेष्ठ, धनकुमार श्रेष्ठ, डा. लेखजंग थापा, कपिल ढकाल, सावित्रा टण्डन, मित्रलाल न्यौपाने, दिपक लिगल, सर्जुनारायण श्रेष्ठ, अनिलकुमार कलवार र अशोक प्रधान रहेका छन् ।

    क्लबमा प्रवेश गरेका नयाँ सदस्यहरुलाई रोटरीको पिन प्रदान गरिएको थियो ।  रोटरी क्लव अफ बुटवलका अध्यक्ष बोनिन पियाको अध्यक्षतामा भएको कार्यक्रममा एजी दिनेश पौडेलका साथै क्लवका पुर्व अध्यक्ष विन्ध्याकेशर जोशी, भाइस प्रेसिडेन्ट कृष्ण पराजुली, मधुप्रसाद अर्याल लगायतले रोटरीको लक्ष्य, उद्देश्य, सामाजिक क्षेत्रमा यसले खेलेको भूमिका, अन्तर्राष्ट्रियस्तरमा यसको सञ्जाल लगायतका बारेमा नयाँ सदस्यहरुलाई जानकारी गराएका थिए । त्यस अवसरमा नयाँ सदस्यहरुको तर्फबाट मन्जु भुसालले रोटरीमा प्रवेश गरेसँगै अब यसका गतिविधिहरुमा निरन्तर सक्रिय हुने र यसका बारेमा सिक्दै अगाडि बढ्ने बताइन् ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij