images

बिहिवार, चैत्र १५ गते २०८०

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा निःशुल्क मधमेह परीक्षण शिविर

लायन्स सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा निःशुल्क मधमेह परीक्षण शिविर

images
images
images
शनिवार, आश्विन ८ २०७९
शनिवार, आश्विन ८ २०७९
  • लायन्स सिद्धार्थनगर प्रोग्रेसिभको आयोजनामा निःशुल्क मधमेह परीक्षण शिविर

    भैरहवा, ८ असोज ।
    लायन्स क्लब अफ सिद्धार्थनगर प्रोग्रेसिभले भैरहवामा एकदिने निःशुल्क मधुमेह परीक्षण तथा स्वास्थ्य शिविर आयोजना गरेको छ । क्लबले शनिबार सिद्धार्थनगर नगरपालिका–११ स्थित भुजौली स्वास्थ्य चौकीमा शिविरको आयोजना गरेको कार्यक्रम संयोजक तेजेन्द्र यादवले बताए ।

    images
    images
    images

    सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. भैरहवामा सहयोगमा भएको शिविरमा ३०० जना स्थानीयको स्वास्थ्य परीक्षण गरिएको लायन्स सिद्धार्थनगर प्रोग्रेसिभ वर्ष २०२२/२३ का अध्यक्ष सुनिल सेन्चुरीले बताए । शिविरमा डा. संजय शाह, ममता बनिया, स्वास्थ्य चौकी र सिद्धार्थनगर–११ वडा कार्यालयको सहयोग रहेको उनले जानकारी दिए । त्यस्तै एलसीआईएफबाट निःशुल्क मधेमह परीक्षणमा सहयोग रहेको उनले बताए । शिविरमा आएका बिरामीमा छाला र हाडसम्बन्धी समस्या देखिएको सेन्चुरीले जानकारी दिए ।

    307944793_458101452946277_8008979691432022070_n.jpg

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी)का डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले क्लब स्थापनादेखि नै लायन्स सिद्धार्थनगर प्रोग्रेसिभले धेरै राम्रो कार्यक्रम गरेको बताए । उनले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै क्लबले मधुमेह परीक्षण शिविर सञ्चालन गर्नु सराहनीय रहेको बताए ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष दिलिप कुमार यादवले क्लबले स्वास्थ्यको क्षेत्रमा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे ।

    लायन्स सिद्धार्थनगर प्रोग्रेसिभका सचिव संजोगराज तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij