२०८२, चैत्र २७ गते

Apr 10 2026 | २०८२, चैत्र २७ गते

निर्वाचन अधिकृतको कार्यालय २० असोजभित्र स्थापना गरिसक्न निर्देशन

शनिवार , आश्विन ८, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • काठमाडौं, ८ असोज ।

    निर्वाचन आयोगले यही असोज १५ देखि २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न निर्देशन दिएको छ । 

    आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सो अवधिमा कार्यालय स्थापना गर्ने गरी बिहीबार आयोगले निर्णय गरेको हो । 

    आयोगको निर्णयानुसार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि उक्त कार्यालय स्थापना भएको जानकारी आयोगलाई गराउनुपर्ने छ ।

    निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेपछि आयोगको पूर्व सहमतिबिना तोकिएको निर्वाचन क्षेत्र नछाड्न सबै निर्वाचन अधिकृतलाई जानकारी गराउने निर्णय गरेको छ । न्युज कारखाना