images

शनिवार, बैशाख १५ गते २०८१

डेंगु र हिंसाविरुद्ध रोटरी डाउनटाउनको सचेतना कार्यक्रम गर्ने

डेंगु र हिंसाविरुद्ध रोटरी डाउनटाउनको सचेतना कार्यक्रम गर्ने

images
images
images
शनिवार, आश्विन ८ २०७९
शनिवार, आश्विन ८ २०७९
  • डेंगु र हिंसाविरुद्ध रोटरी डाउनटाउनको सचेतना कार्यक्रम गर्ने

    बुटवल, ८ असोज ।
    रोटरी क्लब अफ बुटवल डाउनटाउनले बुटवल क्षेत्रमा बढ्दै गएको डेंगु संक्रमणको बारेमा रोकथामका लागि सचेतना कार्यक्रम गर्ने भएको छ । शुक्रबार रोटरी क्लब अफ डाउनटाउनको ९ सय ९ नियमित बैठकमा क्लबका अध्यक्ष भरत बहादुर रानाले डेंगु संक्रमण रोक्न सचेतनाका कार्यक्रम गरिने बताए । चिकित्सकहरुबाट अझै २ महिना बढी समयसम्म संक्रमण चल्ने बताएकाले पनि डेंगुविरुद्ध सचेतना कार्यक्रम गर्नेतर्फ आफूहरु लागेको बताए । 

    images

    योसँगै महिला हिंसा, किशोरी सचेतना, स्वस्थ्य, शिक्षाको क्षेत्रमा योजनाबद्ध रुपमा कामहरु गर्ने उनले बताए । घरायसी कार्यमा व्यस्त हुने महिलाहरुलाई आर्थिक आयआर्जनमा जोड्ने गरी चेली कृषि सहकारी संस्थासँग सहकार्यमा बेसिक र एडभान्स सिलाईकटाई कोर्ष सञ्चालन गरेको भन्दै यसलाई निरन्तरता दिने समेत उनले बताए । देवदहस्थित श्री जनप्रिय आधारभुत माविमा २ लाख ५० हजार रुपैयाँ बराबरको कम्प्युटर ल्याब स्थापनाका लागि डिष्ट्रिक फण्डमा निवेदन गरिएको उनले बताए । पोखरामा भएको कार्यक्रमबाट नेपालका ३४ वटा क्लबसँग रोटरी क्लब अफ मद्रास सेन्टर आदित्यसँग सिस्टर क्लब रिलेसन विस्तार गरी सामाजिक क्षेत्रमा भातृत्व विकास गर्दै अघि बढ्ने प्रतिवद्घता जनाएको उनले बताए । 

    कार्यक्रममा ईलेक्ट प्रेसिडेन्ट कमला हमालले अहिलेको समयमा डेंगी रोगको बारेमा सचेतना कार्यक्रम प्रभावकारी हुने भएकाले सहजीकरण गर्ने बताइन् । 

    कार्यक्रममा पूर्वअध्यक्ष भिमराज श्रेष्ठले नया सदस्य कमल नेपालको परिचय गराउँदै जागिरबाट सफल व्यवसायीसम्मको यात्रा प्रकाश पारे । नेपालले आफू क्लबमा सदस्य बनेर सामाजिक क्षेत्रमा योगदान दिने प्रतिवद्धता जनाए । 

    कार्यक्रममा राजेन्द्र ढकाल, जीवन अधिकारी, बिमलराज भट्टराई, नोमिनी प्रेसिडेन्ट शिव ज्ञवाली, सचिव विष्णु प्रसाद भण्डारीले रोटरी अभियानमार्फत भातृत्व कायम गर्ने र सामाजिक उत्तरदायित्व विकास गर्न चलाएको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij