images

बुधवार, बैशाख १२ गते २०८१

पर्यटकलाई २७ सेम्टेम्बरमा विशेष अफर  

पर्यटकलाई २७ सेम्टेम्बरमा विशेष अफर  

images
images
images
शुक्रवार, आश्विन ७ २०७९
शुक्रवार, आश्विन ७ २०७९
  • पर्यटकलाई २७ सेम्टेम्बरमा विशेष अफर  

    भैरहवा, ७ असोज । 
    विश्व पर्यटन दिवसको अवसर पारेर लुम्बिनी प्रदेशमा २७ सेप्टेम्बर अर्थात असोज ११ गते आउने विदेशी पर्यटकलाई विशेष अफर दिने गरी सरोकारवालाले प्याकेज घोषणा गरको छन् । 

    images

    ‘पर्यटनको लागि पुर्नविचार’ गरौं भन्ने मूल नाराका मनाउन थालिएको विश्व पर्यटन दिवसलाई  विशेष महत्व दिदै पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशको अगुवाइमा पर्यटन क्षेत्रसँग सम्बद्ध विभिन्न संघ–संस्थाको सहकार्यमा त्यस्तो प्याकेजको घोषणा गरिएको हो ।

    विश्व पर्यटन दिवसलाई सफल पार्न पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशद्वारा गठित विश्व पर्यटन दिवस मूल समारोह समितिले कार्यक्रमबारे जानकारी दिन नेपाल र भारतका पत्रकारहरु सहभागी गराई बिहीबार भैरहवामा पत्रकार सम्मेलन समेत गरेको छ  । 

    पर्यटनको लागि पुर्नबिचार गरौ (रिथिंङकीङ टुरिज्म) भन्ने अभियानका साथ विश्वभर यस वर्ष सेप्टेम्बर २७ अर्थात आगामी असोज ११ गते  विश्व पर्यटन दिवस मनाउन थालिएको हो । सोही अनुसार लुम्बिनी प्रदेशमा पनि पर्यटक विशेष कार्यक्रम गर्न थालिएको पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी प्रमुख रामु जोशीले बताए । 

    असोज ११ गतेका दिन स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सबैभन्दा पहिले आउने विदेशी चार जना पर्यटकलाई सम्मान गर्ने तथा होटल र ट्राभलमा शतप्रतिशत निःशुल्क उपलब्ध गराउने गरी पर्यटन व्यवसायीले समेत पर्यटनमैत्री प्याकेज घोषणा गरेका छन् । 

    सरकार र व्यवसायीहरुले ६ महिनासम्म विशेष अफर दिने प्रतिवद्धता जनाएका हुन् । प्रदेश सरकारद्वारा गठित विश्व पर्यटन दिवस मूल समारोह समितिका संयोजक  तथा सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले असोज ११ अर्थात सेप्टेम्बर २७ दिन चार जना पर्यटकलाई तारे होटलमा आवास, खाना र पर्यटकीय गन्तब्यमा घुम्नको लागि गाडीको निःशुल्क व्यवस्था गरिएको पत्रकार सम्मेलनमा बताए । 

    पत्रकार सम्मेलनमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयका सचिव जक्की अहमद अन्सारीले लुम्बिनी प्रदेश सरकारले पर्यटकहरुलाई विशेष प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम गर्ने बताए ।

    नेपाल एशोसियसन अफ ट्राभल्स एण्ड टुर एजेण्टस् (नाट्टा) लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष चन्द्र बहादुर थापाले पर्यटकहरुलाई सहज रुपमा नेपाल घुमाउने र खुसीखुसीका साथ स्वदेश फर्काउने गरी तयारी गरिरहेको बताए । 

    सो अवसरमा पर्यटन विकास परिषदका कार्यकारी अधिकृत रामु जोशीले लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रमुख पर्यटकीय गन्तब्यको बारेमा जानकारी गराउँदै यस वर्षको पर्यटन दिवसलाई उल्लासमय ढंगले पर्यटकलाई खुसी पार्ने गरी सबैको सहकार्यमा मनाउने बताए ।

    भारतको उत्तरप्रदेशको गोरखरपुर, कुशीनगर, देवरीया, सन्तकबिर नगर, सिद्धार्थनगर, महाराजगंज, बस्ती र सुनौलीदेखि बिबीसी हिन्दी गोरखपुर प्रमुख पवन शाहको नेतृत्वमा भारतीय विभिन्न टेलिभिजन, अखबारमा कार्यरत २५ जना पत्रकारहरु र नेपाली पत्रकारहरु सहभागी पत्रकार सम्मेलनमा सहभागी भएको विश्व पर्यटन दिवसको मूल समारोह लुम्बिनी प्रदेशका सदस्य समेत रहेका अग्रज पत्रकार माधव ढुंगानाले बताए । 

    पत्रकार सम्मेलनमा नेपाली पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल र भारतीय पत्रकारहरुको तर्फबाट बिबीसी हिन्दीका पवन शाहले आफ्ना धारणा राख्दै नेपाली पर्यटन क्षेत्रको सम्बद्र्धन र प्रबद्र्धनको लागि दुवै देशका पत्रकारहरुले सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

    पर्यटन दिवसको अवसरमा रुपन्देहीका होटलहरुले २० प्रतिशत छुट दिने भएका छन् । त्यसै गरी रात्रीकालिन बजार, टुर प्याकेजलाई पनि विशेष प्राथमिकतामा राख्ने गरी कार्यक्रम अगाडी बढाउने व्यवसायीहरुले समेत घोषणा गरेका छन् ।  

    बेलहियामा विगत दशकदेखि हरेक वर्ष सेप्टेम्बर २७ का दिन पर्यटन सम्बन्धि विभिन्न गतिबिधि गरेर यो दिवस मनाउने गरिएको छ । सन् १९९७ को संयुक्त राष्ट्र संघीय अवधारणा बनेपछि सन् १९८० देखि सेप्टेम्बर २७ का दिन विश्वभर विविध कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन थालिएको विश्व पर्यटन दिवस मूल समारोह समिति लुम्बिनी प्रदेशका सदस्य नरेश के.सी.ले बताए ।

    सो अवसरमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, पर्यटन डिभिजन कार्यलय प्रमुख मुक्ति पाण्डे, महाराजगंज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठी, पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भुवन कार्की, भारत नेपाल मैत्री समाज गोरखपुरका अध्यक्ष अनिल गुप्ता, नेपाल भारत मैत्री संघ बेलहियाका अध्यक्ष श्रीचन्द गुप्ता लगायतले पर्यटन दिवसलाई सफल पार्न सबैको सहकार्य जरुरी रहेको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij