images

शुक्रवार, चैत्र १६ गते २०८०

अबैध रुपमा संकलन गरी राखिएको नदिजन्य पदार्थ प्रहरीको नियन्त्रणमा 

अबैध रुपमा संकलन गरी राखिएको नदिजन्य पदार्थ प्रहरीको नियन्त्रणमा 

images
images
images
शुक्रवार, आश्विन ७ २०७९
शुक्रवार, आश्विन ७ २०७९
  • अबैध रुपमा संकलन गरी राखिएको नदिजन्य पदार्थ प्रहरीको नियन्त्रणमा 

    रुपन्देही । रुपन्देहीको बिभिन्न स्थानमा चोरी निकासी गरी संकलन गरी राखिएको नदिजन्य पदार्थलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images

    जिल्ला अनुगमन समितिको बैठकबाट स्थानिय तहहरुबाट ठेक्का सम्झौता भएको स्थानभन्दा अन्य स्थानमा संकलन गरी राखिएको नदिजन्य पदार्थलाई प्रहरीले नियन्त्रणमा लिई सम्बन्धीत पालिकाको जिम्मा लगाईएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा श्रोत नखुलेको नदिजन्य पदार्थको खोजी गरी सम्बन्धीत पालिकाको जिम्मा लगाईएको प्रहरी निरिक्षक वेद पौडेलले जानकारी दिए । जिल्ला समन्वय समितिको असोज दुई गते बसेको बैठकलले चोरी निकासी गरी जम्मा गरी राखिएको नदीजन्य पदार्थलाई पालिकाको समन्वयमा एक ठाँउमा संकलन गर्ने निर्णय गरेको थियो ।

    रुपन्देहीका ६ वटा पालिकामा पर्ने बिभिन्न घाटबाट अबैध रुपमा चोरी निकासी गरी बिभिन्न स्थानमा जम्मा गरी राखिएको नदिजन्य पदार्थ हटाउने कार्यलाई तिव्रता दिने प्रहरीले जनाएको छ । 
    प्रहरी रुपन्देहीको सियारी स्थीत कनरी नाकाबाट नदीजन्य पदार्थ हटाउने अभियानको सुरुवात गरेको छ ।

    पहिलो दिन कनरी नाकाको दुईबटा प्लटबाट १४/१५ टिप्पर नदिजन्य पदार्थलाई पालिका भित्र लगेर जम्मा गरिएको सियारी गाउँपालिका योजना अधिकृत रोमलाल पुरीले जानकारी दिए । 
    उनले सियारी गाउँपालिका भित्र बिभिन्न घाटबाट चोरी निकासी गरी २३/२४ प्लटमा राखिएको बताए । बाकी रहेका स्थानको नदिजन्य पदार्थ निरन्तर रुपमा उठाउने पालिकाले जनाएको छ । 
    अबैध नदीजन्य पदार्थलाई प्रहरीले नियन्त्रणमा लिने क्रममा प्रहरी माथि गालिगलौज र होहल्ला गर्ने सियारी कनरीका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    siyari pakrau.jpg
    siyariih.jpg

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij