images

बिहिवार, चैत्र १५ गते २०८०

संविधानको पालक र संरक्षकबाट नै खुलेआम संविधान मिच्ने काम भइरहेको छ : प्रचण्ड

संविधानको पालक र संरक्षकबाट नै खुलेआम संविधान मिच्ने काम भइरहेको छ : प्रचण्ड

images
images
images
शुक्रवार, आश्विन ७ २०७९
शुक्रवार, आश्विन ७ २०७९
  • संविधानको पालक र संरक्षकबाट नै खुलेआम संविधान मिच्ने काम भइरहेको छ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका छन् । रोल.........

    images
    images
    images

    शुक्रबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको भेललाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगमनको षडयन्त्र नरोकिएको भन्दै संविधान खुलेआम मिच्ने काम संविधानको पालक र संरक्षकबाट भइरहेको बताएका हुन् ।

    उनले नागरिकता बिधेयक प्रमाणीकरण गर्ने काम संविधानमाथिको प्रहार भएको बताए । सतर्कता गुमाएमा कुनै पनि दिनमा प्रतिगमन हुने खतरा रहेको उनको भनाई छ । उनले प्रतिगमन रोक्न जनताको पहल गर्नुपर्ने र सडकमा समेत जानुपर्ने अवस्था आउन सक्ने धारणा राखे । देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार भइरहेको भन्दै उनले एकथरी मान्छेहरु प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हालेर बसेको उल्लेख गरे ।

    नेपाल  राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट  प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइरहेकाले सवै सचेत हुनुपर्ने उहाको भनाई छ । प्रचण्डले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र, पूँजीको विकासका लागि अहिले पनि वाम एकता अपरिहार्य रहेको धारणा राखे । 

    उनले तीन खम्वे अर्थनीतिमार्फत समाजवादको आधार र अर्थतन्त्रको बिकास गर्नुपर्ने बताए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij