images

बिहिवार, बैशाख १३ गते २०८१

एमाले उपमहासचिव ज्ञवालीले भने– एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन 

एमाले उपमहासचिव ज्ञवालीले भने– एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन 

images
images
images
शुक्रवार, आश्विन ७ २०७९
शुक्रवार, आश्विन ७ २०७९
  • एमाले उपमहासचिव ज्ञवालीले भने– एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन 

    काठमाडौं, ७ असोज । 

    images

    नेपाल भ्रमणमा रहेको युरोपेली युनियनको संसदीय प्रतिनिधिमण्डलले नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ । 

    युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको ६ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले संसद भवन नयाँ बानेश्वरमा ज्ञवालीसँग भेटवार्ता गरेको हो । 

    भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी मंसिर ४ मा हुने निर्वाचन, स्थानीय तहको निर्वाचन लगायतको विषयमा छलफल केन्द्रित भएको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव अञ्जान शाक्यले जानकारी दिइन् । 

    ‘एमाले एकात्मक प्रणालीमा विश्वास गर्दैन,’ छलफलमा ज्ञवालीको भनाई उद्वृत गर्दै शाक्यले भनिन्, ‘जनताको बहुदलीय जनवादमा विश्वास गर्ने भएकाले हाम्रो नीति प्रगतिशील छ ।’

    पिछडिएको वर्ग, सीमान्तकृत समुदाय प्राथमिकतामा राखेर एमाले अघि बढिरहेको जानकारी ज्ञवालीले दिएका थिए । 

    ‘निजी क्षेत्र र सहकारीलाई प्राथमिकता दिनुपर्छ भन्ने हाम्रो नीति छ । मुलुकलाई स्थायित्व दिने हो भने सबैभन्दा पहिला अर्थतन्त्र बलियो बनाउन जरूरी छ । हामी त्यो कुरालाई ध्यानमा राखेर अघि बढेका छौँ । अर्थतन्त्र उक्सियो भने मात्रै प्रजातन्त्र बलियो हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने । 

    उपमहासचिव ज्ञवालीले एमाले सन्तुलित विदेश नीतिको पक्षमा रहेको वताएका थिए । 

    छलफलमा एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताएकी थिइन् । 

    ‘नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ । प्रजातन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ । हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ,’ उनले भनिन् ।
    न्युज कारखाना

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij